दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

११ पुष २०७८, आईतवार १६:०४

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने भोलि (पुस १२ गते) अन्तिम दिन रहेको छ ।

निर्धन उत्थान लघुवित्तले साधारण सभा प्र्रयोजन र लाभांश वितरणका लागि पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २९ दशमलव ५ प्रतिशत बोनस शेयर र १ दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २५ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल काठमाडौंमा बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

त्यस्तै साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १२ गतेदेखी पुस २८ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १२ गतेसम्म कायश शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते दिउँसो ३ बने डिल्लीबजार स्थित रजिष्टर्ड कार्यालयमा बस्ने गरी आव्हान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*