तरलता अभाव हटाउन निर्माण व्यवसायी महासंघका अध्यक्षको यस्तो आग्रह

११ पुष २०७८, आईतवार १६:०१

काठमाडौं । नेपाल निर्माण व्यवसायी सहासंघका अध्यक्ष रवि सिंहले पछिल्लो समय बैंक तथा वित्तीय प्रणालीमा तरलता अभावको कारण निर्माण उद्योग संकटमा परेको बताएका छन् ।

बैंकिङ प्रणालीमा तरलता अभावको कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नुपर्ने हो त्यो गतिमा बढ्न नसकेको उनले बताएका हुन् । उनले तरलता अभावका साथै निर्माण क्षेत्रमा ठेक्का रकमको २० प्रतिशत पेस्कीको विरोध भई कटौती गरेर ५ प्रतिशत कायम गरेकाले विगत दुई वर्षदेखि निर्माण उद्योगले गति लिन नसकेको बताए ।

साथै उनले दुई वर्ष कोरोना महामारीको कारण खर्च अुनसारको उत्पादन हुन नसक्दा निर्माण व्यवसायीले चरम आर्थिक अभाव झेलिरहेको बताएका छन् ।

अध्यक्ष सिंहले पछिल्लो समय बैंकहरुले एकदुई लाख कर्जासमेत पाउन मुस्किल भएको बताए । निर्माण व्यवसायीको बैकिङ ऋणमात्रै ३ सय ४० अर्ब रहेको तर सरकारसँग विगत एक वर्षदेखि बारम्बार निर्माण उद्योगमा तरलता सहज बनाउन निर्माण व्यसायीको ५ प्रतिशत धरौटी रकम बैंक ग्यारेन्टिमा फुकुवा गर्न माग गरेको बताएका हुन् ।

सरकारले ५ प्रतिशत धरौटी रकम निर्माण व्यवसायीलाई दिएमा बजारमा भएको तरलता सहज हुने र निर्माणका कार्यहरु पनि सहजतापूर्वक अगाडि बढ्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*