नेप्सेमा हरियाली छाउँदा यी हुन् आज सर्वाधिक गुमाउने कम्पनी

११ पुष २०७८, आईतवार १५:३६

काठमाडौं । आईतबार नेप्से परिसूचक ७१ अंकले बढेको छ । नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब माथिको कारोबार भएको छ ।

आज २६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा केही कम्पनीहरुको शेयरमूल्य भने घटेको छ । पूँजीबजारमा हरियाली छाउँदा आज सर्वाधिक गुमाउने कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ । फाइनान्सको आज एकैदिन ५.५७ प्रतिशत अंकले घट्न पुगेको हो ।

त्यस्तै, सनराइज फस्र्ट म्युचुअल फण्डको ३.११ प्रतिशत, माउन्टेन इर्नजी नेपालको ३.११ प्रतिशत, ग्रीन लाइफ हाइड्रोपावरको २.९६ प्रतिशत, बिशाल बजारको २.९५ प्रतिशत, नेशनल हाइड्रो पावरको २.४७ प्रतिशत, हिमाल दोलाखा हाइड्रोपावरको २.४५ प्रतिशत र पोखरा फाइनान्सको २.२० प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*