१९ बीमा कम्पनीमा सकारात्मक सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

११ पुष २०७८, आईतवार १५:३१

काठमाडौं । साताको पहिलो दिन आइतबार जीवन बीमा कम्पनी तथा निर्जीबन बीमा कम्पनीको शेयरमूल्य चमत्कारिक रुपमा उचालिएको छ । बीमा कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब १७ करोड ३२ लाख माथिको कारोबार भएको छ ।

आज मध्यभोटेकोशी जलविद्युत कम्पनी सहिति दुई दर्जन बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सर्किट लाग्ने कम्पनीहरुमा नेशनल लाइफ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रुडेन्टल इन्स्योन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स लगायत २६ वटा कम्पनीमा सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*