सिटिजन लाइफद्धारा साढे १० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी

११ पुष २०७८, आईतवार १५:०९

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले पाल्पाको रिडिमा मृत्यु बीमा दाबी रकम वापतको १० लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीको बुटवल शाखाबाट १ बर्ष अघि १० लाख बीमाङ्कको सिटिजन अग्रीम भुक्तानी बिमा योजना योजना बीमालेख लिनुभएकी तानसेन १४ कि भिमा पुनको कोभिड १९ को कारण असोज २० गते मृत्यु भए पछि दाबी भुक्तानी बापतको १० लाख रुपैयाँको चेक रकम मृतकका श्रीमान राजेश रजकलाई हस्तान्तरण गरेको हो।

उक्त रकम कम्पनीका क्षेत्रिय शाखा प्रबन्धक दुर्गा राज ढकाल, बुट्वल शाखा प्रबन्धक पुर्ण चन्द्र सुवेदि , रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष राम लाल बि.क , ता.न. पा १४ कि वार्ड सदस्य सीता ज्ञवाली , रुरु गाबिसका पुर्व उपाध्यक्ष चन्द्रलाल कसजु , उधोग बाणिज्य संघका सुबर्ण लाल कक्षपतीले संयुक्त हस्तान्तरण गरेका हुन ।

कम्पनीका क्षेत्रिय शाखा प्रबन्धक दुर्गा राज ढकालले जीवन बीमाले अकालमा ज्यान गुमाउनु परेको परिवारले आफ्नै बचतबाट प्राप्त रकमले परिवारमा मृत्यु पश्चात पनि राहत महसुस गर्न पाउने भएकोले पनि जीवन बीमा अपरिहार्य रहेको बताए ।

बुटवल शाखाका प्रबन्धक पूर्ण चन्द्र सुवेदिले कार्यक्रममा बोल्दै जीवन बीमाको महत्वको बारे प्रकाश पार्नुका साथै मृतकको परिवारले मृत्यु दाबी बापत प्राप्त गर्ने सेवा सुबिधाको बारेमा जानकारी गराए ।
कार्यक्रममा प्रमुख अतिथी रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष राम लाल बिकले जिवनको अन्तिम सम्म मात्र नभइ परिवारको मृत्यु पछी पनि बिमाले परिवार लाई आर्थिक सुरक्षा दिने काम गर्ने भएको सबैजना जीवन बिमामा आबद्धता जनाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा वडा सदस्य सीता ज्ञवाली रुरु गाबिसका पुर्व उपाध्यक्ष चन्द्रलाल कसजु , उधोग बाणिज्य संघका सुबर्ण लाल कक्षपती , स्टार एजेन्सी म्यानेजर राजेश थापा ,सिनियर एजेन्सी म्यानेजर रिता पाण्डे , सुरक्षा निकाय पत्रकार महिला समुहका तर्फबाट धना राना , नागरिक समाजका अगुवा गुरु प्रसाद ज्ञवाली लगायतले बिमाको महत्त्व बारे आफ्नो भनाइ राखेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*