शिवम् सिमेन्टले गरायो निर्माणकर्मीहरुको बीमा, कतिसम्म पाईन्छ सुविधा ?

११ पुष २०७८, आईतवार १४:४०

काठमाडौं । शिवम् सिमेन्टले २ नं. प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लाहरुका १२ स्थानका निर्माणकर्मीहरुको बीमा गराएको छ।
एक अन्तर्क्रिरया कार्यक्रमा १ हजारभन्दा बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको हो ।

ती कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथसाथै हरेक सहभागी निर्माणकर्मीहरुका लागि रु. ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण गरिएको थियो। योसँगै देशका विभिन्न स्थानहरुमा शिवम् सिमेन्टले २ हजार ५०० बढी निर्माणकर्मीहरुसँग निर्माणविज्ञ परामर्श सेवा तथा हरेक निर्माणकर्मीहरुको रु. ५ लाखबराबरको जोखिम बहन बीमा गरिसकेको छ।
हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी २ हजार ५०० बढी निर्माणकर्मीहरुसँग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरी सकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*