कारोबारमा आएको केही समयमा नै मध्यभोटेकोशीको शेयरमा सर्किट

११ पुष २०७८, आईतवार ११:२०

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर कारोबारमा आएको पहिलो दिनमै सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर शेयरमूल्य ११० रुपैयाँ पुगेको छ ।

नेप्सेमा बिहिबार उक्त कम्पनीको आइपीओ सूचीकृत भई एमबिजेसी सिम्बोबाट आज दोस्रो बजारमा कारोबारमा आएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर ९४ रुपैयाँ ३९ पैसा देखि २ सय ८३ रुपैयाँ निर्धारण गरेको थियो । कारोबारमा आएको केही समयमा नै कम्पनीको शेयरमा उच्च माग भएकोले कारण केही समयमा नै सर्किट लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*