रिलायन्स लाइफ इन्स्यारेन्समा रोजगारीको अवसर

११ पुष २०७८, आईतवार १०:४१

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ८ पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले हेड–टे«इनिङ, हेड–ब्रान्डिङ एण्ड डिजिटल मार्केटिङ, क्लेइम अफिसर, कम्प्लियन्स अफिसर एडमिनिस्ट्रेसन अफिसर पदमा कर्मचारी माग गरेको हो । साथै कम्पनीले अकाउन्ट असिस्टेन्ट र सेल्स एण्ड मार्केटिङमा केही संख्यामा कर्मचारी मागेको छ ।

त्यस्तै, चन्द्रानिगाहापु, उर्लाबारी, दमक, ईटहरी, दलदले, गीतानगर, किर्तीपूर र पुतलीसडक शाखाका लागि ब्रान्च म्यानेजर समेत मागेको छ ।
इच्छुक ब्यक्तिले १० दिनभित्र सम्पूर्ण आवश्यक कागजातसहित कम्पनीको वेबसाइट  https://relifeinsurance.com/en/career/ मार्फत् दरखास्त दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*