सिद्धार्थ बैंकलाई ‘कामना सेवा फुटसल कप २०२१’ को उपाधी

११ पुष २०७८, आईतवार १०:०७

काठमाडौं । कामना सेवा विकास बैंकले आयोजना गरेको ‘कामना सेवा फुटसल कप २०२१’ को उपाधी सिद्धार्थ बैंक लिमिटेडले पाएको छ । बैंकले ‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गरी पुष ९ र १० गते आयोजना गरेको पहिलो फुटसल प्रतियोगिताको उपाधी सिद्धार्थ बैंकले प्राप्त गरेको हो ।

शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई हराउँदै सिद्धार्थ बैंकले उपाधी जितेको हो । फाइनल खेल निर्धारित समयमा दुई दुई गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको थियो । निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । माछापुच्छ्रेको तर्फबाट अभय राना र सञ्जय राना मगरले गोल गरेको थिए । टाइब्रेकरमा सिद्धार्थ बैंक दुई एकले बिजयी भएको हो ।

उक्त फुटसल प्रतियोगितामा माछापुच्छ्रे बैंकका निकेश केसी उत्कृष्ट गोलकिपर ठहरिए भने सिद्धार्थ बैंकका शान्तिराम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थ बैंककै भाष्कर देवकोटा प्रतियोगितको सर्वोकृष्ट खेलाडी चुनिए ।

बैंकका संचालक विश्वेश्वर सुवेदीको अध्यक्षता तथा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतियोगिताको विजेतालाई प्रमुख अतिथी, कामना सेवा विकास बैंकका संचालक सुवेदी, नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराई, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल लगायतले मेडल, ट्रफिसहित प्रमाणपत्र हस्तान्तरण गरेको थिए ।

बैंकले आयोजना गरेको उक्त प्रतियोगिता खेलपाटीको व्यवस्थापनमा भएको थियो । प्रतियोगिता अखिल नेपाल फुटबल संघ एन्फाको फुटसल कमिटीले सहकार्य गरेको थियो । साथै फुटसल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी भएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*