महिला उद्यमी महासंघ नेपालको आठौं महाधिवेशन सम्पन्न, निरु रायमाझी बनिन् अध्यक्ष

११ पुष २०७८, आईतवार ०७:२१

काठमाडौं । महिला उद्यमी महासंघ नेपालको आठौँ महाधिवेशन पुस ८ र ९ गते सम्पन्न भएको छ । महाधिवेशनबाट निरु रायमाझी खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

महासंघको प्रथम उपाध्यक्षमा शोभा ज्ञवाली, द्धितिय उपाध्यक्ष दर्शना श्रेष्ठ, तृतिय उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठ, चौथो उपाध्यक्ष बासन्ती प्रधान चयन भएकी छिन् । त्यस्तै, महालक्ष्मी श्रेष्ठ महासचिव, सविता सुवेदी सचिव, कुन्नम पोखरेल कोषाध्यक्षमा निर्वाचित भएकी छिन् ।

महाधिवेशनमा महांसघकी महासचिव सुनिता वैद्य श्रेष्ठबाट महांसघको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षका लागि तय गरिएको कार्ययोजना पनि प्रस्तुत गरिएको थियो । त्यस्तै कोषाध्यक्ष महालक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

महाधिवेशनले २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*