आँधिखोला लघुवित्तको साधारण सभा पुष ३० गते, यस्ता छन् एजेण्डा

१० पुष २०७८, शनिबार ११:५९

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले उक्त सभा पुष ३० गते होटल गाउँबेशीको सभाहल, वालिङ–८, स्याङ्जा मा बस्ने गरी आह्वान गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आवको मुनाफाबाट चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरमा स्तरोन्नती गर्ने प्रयोजनार्थ आवश्यक स्वीकृति प्रस्ताव पारित गर्नेछ । त्यस्तै, अन्य कुनै लघुवित्तसँग गाभ्ने।गाभिने वाा मर्जरमा जाने वा प्राप्ति गर्ने विषयलाई अनुमोदन गरी संचालक समितिलाई अख्तियारी बुझाउने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, असार मसान्तसम्मको वासलात, आव २०७७।०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।

यसैगरी आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने उक्त सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष १८ गतदेखि पुष ३० गतेसम्म बुकक्लोजको मिति तोकेको छ । जसअनुसार पुष १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*