सानिमा लाइफको कौशलटार शाखाले गर्यो एजेन्सीहरुलाई सम्मान

१० पुष २०७८, शनिबार १६:०३

काठमाडौं ।  सानिमा लाइफ इन्स्योरेन्सको कौशलटार शाखाले एजेन्सीहरुलाई सम्मान गरेको छ । एजेन्सीहरुको हैसलाको लागि कम्पनीले उक्त सम्मान गरेको जनाएको छ ।

कार्यक्रममा एमडिआरटीको लक्ष्य पुरा गर्न सफल भएका र सीओटीहरुलाई सम्मान गरेको थियो । कम्पनीबाट एनबी गुरुङ, सुमि मानन्धर, तारा कुमारी श्रेष्ठ, राधा कृष्ण श्रेष्ठ, सुमित्रा मानन्धर सम्मानित भएका हुन् । कम्पनीले एमडिआरटी र टोओटीको लक्ष्य पुरा गरेका यी एजेन्सीलाई सम्मान गरेको हो ।

कम्पनीको यस शाखा कार्यालय मार्फत हालसम्म ११ जना अभिकर्ताले एमडिआरटीको लक्ष्य पुरा गरिसकेका छन् । सम्मान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया, नायब महाप्रबन्धक चुडामणि चापागाईं, मुख्य प्रबन्धक गणेश चौलागाईं ,मुख्य प्रबन्धक गुणराज श्रेष्ठ (गगन), क्षेत्रीय प्रबन्धक बलराम खत्री र नरेश कुमार थापाको उपस्थिति थियो ।
त्यस्तै, कम्पनीको एजेन्सी शाखा प्रमुख सन्तोष कार्की, नवीन घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

कम्पनीमा आवद्ध भएका ५६ जना अभिकर्ताले एमडिआरटी २०२२ को सम्मेलनमा सहभागिता जनाउनको लागि छनौट भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*