पुस ३० गते दुई फाइनान्सले डाक्यो साधारण सभा, कहिलेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउछन् त ?

९ पुष २०७८, शुक्रबार १३:४२

काठमाडौं । समृद्धि फाइनान्सले २० औं र सेन्ट्रल फाइनान्सले २५ औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ ।समृद्धि फाइनान्सको २० औं वार्षिक साधारण सभा पुस ३० गतेका होटल अर्किड रिसोर्ट मकवानपुरमा बिहान १० बजे बस्ने गरी बोलाएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले यस कम्पनीलाई अन्य कुनै पनि बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने । गाभिने अथवा प्राप्ति गर्न उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते एक दिन बन्द गर्ने भएकाले पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् । त्यस्तै, सेन्ट्रल फाइनान्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा पुस ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कानदेवस्थान कुपण्डोल ललितपुरमा बस्ने गरी आव्हान गरेको छ । सभाले ७ दशमलव ७ प्रतिशत बोनस शेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ
कम्पनीले साधारण सभा प्रयोजनको र लाभांश वितरण लागि पुस १८ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
साथै कम्पनीले गत आवको मुनाफाबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट पनि वितरणको लागि स्वीकृती पाएको कम्पनीले जानकारी दिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*