सिभिल बैंकको साधारण सभा पुस ३० गते, बुक क्लोज कहिले ?

९ पुष २०७८, शुक्रबार १२:०३

काठमाडौं । सिभिल बैंक लिमिटेडको ११ औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे आम्रपाली ब्याकेंट बालुवाटार काठमाडौमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पातिर गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्न प्रस्ताव समेत पारित गर्नछ । साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी संचालक समितिलाई दिने निर्णय पनि सभाले गर्ने कार्य सूचि रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्न भएकाले पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*