सुन भाउ घट्यो, कतिमा हुँदैछ प्रतितोला कारोबार ?

९ पुष २०७८, शुक्रबार ११:४७

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेकोा छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने स्थिर रहदैं सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*