सूर्या लाइफ र एनएमबि बैंकको शेयरमूल्य समायोजन

९ पुष २०७८, शुक्रबार ११:२८

काठमाडौं । दुई कम्पनीको शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा एनएमबि लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो ।

एनएमबि लघुवित्तको २१ दशमलव ५० प्रतिशत र सूर्या लाइफको १२ दशमलव ७० प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन भएको हो । मूल्य समायोजनपश्चात एनएमबि लघुवित्तको १ हजार ५३ दशमलव ५० रुपैयाँ कायम भएको छ भने सूर्या लाइफको ६३८ दशमलव ८६ रुपैयाँ कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारण दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*