२१ प्रतिशत लाभांश बितरण गर्ने एलआइसी नेपालकाे घाेषणा, बाेनस र नगद कति ?

९ पुष २०७८, शुक्रबार ११:१६

काठमाडाैं । एलआइसी नेपालले २१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणाा गरेकाे छ। कम्पनीकाे  बसेकाे सञ्चालक समितिकाे बैठकले साे निर्णय गरेकाे हाे ।

एलआईसी नेपालको मुख्य कार्यालयमा आज बसेको बोर्ड बैठकले आव २०७६।०७७ मा आर्जित मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो लाभांशमध्ये २० प्रतिशत बोनस शेयर र १.०५ नगद (कर प्रयोजनको लागि) लाभांश दिने निर्णय गरेको हो ।

सो लाभांश बीमा समितिबाट स्वीकृत भए पश्चात तथा कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*