ग्लोबल आइएमई क्यापीटल लिमिटेडको १४ औं वार्षिक साधारण सभा आज

८ पुष २०७८, बिहीबार ०६:००

काठमाडौं । ग्लोबल आइएमई क्यापीटल लिमिटेडको १४ औं वार्षिक साधारण सभा आज बस्दै छ । सभा ह्यात प्लेस सोल्टीमोड छिन्नलताचोक काठमाडौंमा अपरान्ह ४ बजे आज हुदैछ ।

सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत बोनश शेयर र कर सहित ३० प्रतिशत नगद लाभांश परी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरण नाफा नोक्सान विवरण अन्य बिस्तुत आम्दानीको विवरण माथि छलफल गरी पारित गर्ने छ । त्यस्तै, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*