११ प्रतिशत लाभांश पारित गर्दै लक्ष्मी बैंकको साधारण सभा सम्पन्न

८ पुष २०७८, बिहीबार १८:५१

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस ८ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै गत आर्थिक वर्षका लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण माथि छलफल गरी स्वीकृत समेत गरेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि बैंकले मंसिर २४ गते एक दिनका लागि बुुक क्लोज गरेको हुदाँ मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*