श्रृजनशील लघुवित्तले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

८ पुष २०७८, बिहीबार १८:३०

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीयले आईपीओ निष्काशनको लागि प्रमृया अघि बढाएको छ ।सिराहाको गोलबजार–७ चोरहवामा रजिस्टर्ड कार्यालय रहेको संस्थाले ३ करोड ३७ लाख २ हजार ५०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले १०० अंकित दरका कुल ३ लाख ३७ हजार २५ कित्ता आईपीओ निष्कासन गर्नेछ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ। सम्झौतापत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*