निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १५ अर्ब माथि, शिखरको अग्रता कायमै

८ पुष २०७८, बिहीबार १६:३८

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले पाँच महिनाको अवधिसम्ममा १५ अर्ब रुपैयाँ माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । पाँच महिनाको अवधिमा हाल संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ४२ करोडरुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

निरन्तर रुपमा अग्रस्थानमा रहेको निर्जीवन बीमा कम्पनी नै पाँच महिनाको अवधिमा पनि सर्वाधिक कारोबार पर्न सफल भएको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले पाँच महिनाको अवधिसम्ममा १ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ। नेको इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा १ अर्ब ३० करोडरुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ९१ करोड ६४ लाख रुपैयाँ, यूनाइटेड इन्स्योरेन्स कम्पनीले ७३ करोड ४३ लाख रुपैयाँ,हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ७० करोड २१ लाख रुपैयाँ,अजोड इन्स्योरेन्स कम्पनीले ६६ करोड ४२ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ६५ करोड ४२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ६३ करोड ५० रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, जनरल इन्स्योरेन्स कम्पनीले ३९ करोड २३ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्स कम्पनीले ३८ करोड ८४ लाख रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ३७ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*