एनएलजी इन्स्योरेन्स कम्पनीद्धारा बीमा सर्भेयर संघको नव निर्वाचित पदाधिकारीसँग अन्तरक्रिया

८ पुष २०७८, बिहीबार १६:३७

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बीमा सर्भेयर संघ नेपालको नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई स्वागत गरेको छ । कम्पनीले आज एक कार्यक्रम गरी बीमा सर्भेयर संघ नेपालका अध्यक्ष पुरुष ढकालसहितको पदाधिकारी टोलीलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको हो ।

एनएजली इन्स्योरेन्स कम्पनीको कार्यालयमा आयोजित कार्यक्रममा सिईओ सुनिल वल्लभ पन्त, डेपुटी जनरल म्यानेजर मनोज श्रेष्ठसहितका उच्च पदाधिकारीहरुले स्वागत गरेका थिए ।

संघका उपाध्यक्ष देउकाजी गुरुङ, महासचिव पवित्र विक्रम राणा, सचिव बुद्धकाजी श्रेष्ठसँग कम्पनीले अन्तरक्रिया कार्यक्रम गरेको हो । आजको अन्तरक्रिया कार्यक्रममा बीमा दावी भुक्तानीका चुनौति र प्रक्रियागत विषयमा सम्बन्धमा छलफल भएको थियो । छलफलमा समान घटनाहरुमा सर्भेयरहरुले समान प्रतिवेदन बनाउन सकेमा बीमितहरुले न्याय पाउने र झन्झटरहित र विवादरहित हुनसक्ने विषय उठेको थियो ।

अन्तरक्रिया कार्यक्रममा एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल वल्लभ पन्तले समान प्रकृतिको घटनामा सर्भेयरहरुको समान दृष्टिकोण बनाउन सकेमा बीमा दावी भुक्तानी अझै विश्वसनीय हुने र यसले आम जनमानसमा सकारात्मक प्रभाव पार्न सकिने सुझाव अघि सारेका थिए ।

छलफलमा बीमा सर्भेयर संघको तर्फबाट अध्यक्ष पुरुष ढकालले आगामी दिन कार्ययोजना बनाएर काम गर्ने बताउँदै बीमा दावी भुक्तानी अझै सरल बनाउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बीमा समितिले यसवर्ष दावी भुक्तानी वर्ष मनाउन गरेको आह्वानलाई सफल पार्न आवश्यक सहकार्य गरेर दावी भुक्तानी फस्र्यौट अझै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*