समता घरेलु लघुवित्तको नयाँ संचालक समिति गठन, अध्यक्षमा डम्मर मणि थेवे लिम्वु

८ पुष २०७८, बिहीबार १६:०४

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक समिति गठन गरेको छ । कम्पनीको पुष ७ गते सम्पन्न वार्षिक साधारण सभाले एक महिला सहित ७ जनाको संचालक समिति गठन गरेको हो ।

पुष ७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ४ जना संचालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना र १ जना स्वतन्त्र संचालक गरि ७ जनाको संचालक समिति गठन भएको हो ।

साथै सोही बैठकले संचालक समितिको अध्यक्षमा डम्मर मणि थेवे लिम्वुलाई चयन गरेको छ ।

त्यस्तै, कम्पनीको सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकमा एलएसपि एसोसियट्स ललितपुरका सिए गोपाल कुमार श्रेष्ठालाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*