श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको साधारण सभा पुस २९ गते, के–के छन एजेण्डा ?

८ पुष २०७८, बिहीबार १३:३१

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको २७ औं वार्षिक साधारण सभा पुस २९ गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे फाइनान्सको रजिष्टर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

उक्तसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ दशमलव ७० प्रतिशत बोनश शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश कर प्रयोजन सहित कुल ११ प्रतिशत लाभांश पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्न प्रस्ताव समेत पारित गर्नछ । सभाले संचालक समितिको निर्णय बमोजिम संस्थापक समूह तर्फको १ जना संचालकको पदमा बाँकी अवधिका लागि र स्वतन्त्र संचालक पदमा ४ वर्ष अवधिका लागि १ जना समेत गरी कुल २ जना संचालकहरुको नियुक्ति गर्न कार्यसूचि रहेको छ ।

त्यस्तै, संस्थापक तर्फको विद्यमान शेयर स्वामीत्व ५३.३२ प्रतिशतलाई ५१ प्रतिशत र सर्वसाधारण तर्फको शेयर स्वामीत्व ४६.६८ प्रतिशतलाई ४९ प्रतिशत कायम गर्न कम्पनीकाृ प्रबन्धपत्रको दफा ५ को खण्ड (घ) र (ङ) मा संशोधन गर्न स्वीकृति प्रदान गर्न कार्य सूचि समेत समावेश गरिएको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १ गते बुक क्लोज गरेको हुँदा मंसिर २९ गतेसम्म कायश शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*