राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकको साधारण सभा पुष २९ गते

८ पुष २०७८, बिहीबार १२:४२

काठमाडौं । कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कृषि विकास बैंकले १५औं र राष्ट्रिय वाणिज्य बैंकले १६ औं वार्षिक साधारण सभा आह्वान गरको हो ।

राष्ट्रिय वाणिज्य बैंकको पुष ७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष २९ गते दरबारमार्ग स्थित बैंकको सभाहलमा दिनको २ बजे बस्ने भएको हो ।

आरबिबिको उक्त सभाले गत आवको मुनाफाबाट शेयधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरि कुलन ३३ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले बैंकको पूँजी बृद्धि गर्ने प्रस्तावलाई अनुमोदन गरि पारित गर्ने, नेपाल सरकारबाट उक्त बैंकको शेयर पूँजीमा लगानी वापत रकम नेपाल सरकार, अर्थ मन्त्रालयको नाममा शेयर कायम गर्नेछ ।

त्यस्तै, गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने र असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

साथै आव २०७८।०७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १९ गते एकदिन बुकक्लोजको मिति तोकको छ । यसअनुसार पुष १८ गते कायम शेयरधनीहरुमात्र सभामा उपस्थित हुन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

त्यस्तै, कृषि विकास बैंकको पुष ७ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा पुष २९ गते बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।

बैंकको १५औं साधारण सभाले संचालक समितिबाट प्रस्तावित चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सम्बन्धि अनुसूचिहरु छलफल गरि पारित गर्नेछ ।

बैंकको उक्त सभाले बैंकको सहायक कम्पनीहरु कोष ब्यवस्थापक कम्पनी तथा गोबर ग्याँस कम्पनी र सम्बद्ध कम्पनी साना किसान विकास लघुवित्त कम्पनीको आव २०७७।०७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ । त्यसैगरी आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने समेत सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ पुष १६ गतेदेखि पुष २९ गतेसम्म बुकक्लोजको मिति तोकेको छ । सो अनुसार सभामा उपस्थित हुन र कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न पुष १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएको हुनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*