मानुषी लघुवित्तले डाक्यो तेस्रो साधारण सभा, शेयरधनीको हात रित्तै

८ पुष २०७८, बिहीबार १०:३२

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकको निणर्यअनुसार सभा पुष २९ गते लहरीखर्क रिर्सोट, साँगा, बनेपा–१४, काभ्रपेपलाञ्चोक (नासिकास्थान मन्दिर अगाडी) बिहान साढे १० बजे बस्ने भएको हो ।

उक्त सभाले कुनै पनि लघुवित्त वित्तीय सस्थाहरुसँग एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने विषयको अनुमोदन गरि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै संचालकहरुको बैठक भत्ता बृद्धि गर्नका लागि प्रबन्धपत्र नियमावली उक्त सभाले संशोधन गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र असार मसान्तसम्मको वासलात, आव २०७७।०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसम्बन्धि अनुसूचिहरु छलफल गरी पारित गर्नेछ ।
साथै आव २०७८।७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण समूहबाट २ जना संचालकहरुको निर्वाचन गरी नियुक्त गर्ने उक्त सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १८ गते एक दिन बुकक्लोजको मिति तोकेको छ । सो अुनसार पुष १७ गतेसम्म कायम शेयधरनीले मात्र उक्त सभामा उपस्थित हुन पाउनेछन् । लघुवित्तले गत आवको लागि शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*