बीमा समितिद्वारा पुनर्बीमा निर्देशिका संशोधन कार्यदललाई नियुक्ती पत्र दिन ढिलाई

८ पुष २०७८, बिहीबार ०७:११

काठमाडौं । सञ्चालक समितिमा समेत आवश्यक प्रक्रिया पुरा नगरिएको, कीर्ते गरिएको माईन्यूटको आधारमा नेपालका सबै बीमा कम्पनीहरुले पुनर्बीमा व्यवसाय नेपालमै दिनुपर्ने निर्णयबारे झण्डै दुई साता अघि गठन गरेको कार्यदलका सदस्यहरुलाई पत्र दिन बीमा समितिले आनाकानी गरेको छ ।

मंसिर ९ गते बीमा समिलते दिएको पुनर्बीमा निर्देशनबारे अध्ययन गर्न दुई साता अघि नै कार्यदल गठन गरेपनि हालसम्म पत्र नपाएको कार्यदलका एक सदस्यले बीमापोष्टलाई जानकारी दिए । ति सदस्यले भने, ‘बीमा समितिको खराव नियत राखेर कार्यदल गठन गरेको भन्दै टार्ने तर यता कार्यदललाई पेण्डुलम बनाउने नियत देखिन्छ ।’ बीमा समितिले गठन गरेको कार्यदललाई पत्र दिन किन ढिलाई गरेको भन्ने सम्बन्धमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसँग सम्पर्क गर्दा जवाफ दिन चाहेनन् ।

माफिया, दलाल र कमिशन आउने काम एक सेकेण्डमै हुने बीमा समितिमा सुधारको काम लागि समय लगाएर हिमालयन रिलाई फाइदा दिन खोजिरहेको छ । बीमा समितिले निर्णय गर्दा कीर्ते गरेरै भएपनि हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई फाइदा पुर्याउने र सच्याउनुपर्ने अवस्था आउँदा ढिलाई गर्ने नीति लिएको पाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*