इसेवामनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स भुक्तानी सम्झौता

८ पुष २०७८, बिहीबार ०७:३०

काठमाडौं । इसेवामनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका छन्।

सम्झौताअन्तर्गत अब विदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पठाएको नगद रेमिट्यान्स, राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर रहेका २५६ वटा शाखा, ९८ वटा शाखारहित बैंकिङ केन्द्र तथा ३४ वटा एक्स्टेन्सन काउन्टरबाट सजिलै भुक्तानी लिनसकिनेछ। यसका साथै राष्ट्रिय वाणिज्य बैंकबाट पठाएको आन्तरिक रेमिट्यान्स पनि नेपालभरि रहेका इसेवामनी ट्रान्सफरका १० हजारभन्दा धेरै एजेन्टबाट सहजै प्राप्त गर्न सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*