विदेशी मुद्रा संचिति घटेको हो, कारण पत्ता लगाएर सुधार सुरु गरीसक्यौ :गभर्नर महाप्रसाद अधिकारी

७ पुष २०७८, बुधबार १७:२६

काठमाडौं । राष्ट्र बैंकले विदेशी मुद्रा संचिति घटेको कारण पत्ता लगाएर सुधार सुरु गरीसकेको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । आज आर्थिक पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रममा उनले कार्यक्रममा विदेशी मुद्रा संचिति घटेको हो, कारण पत्ता लगाएर सुधार सुरु गरीसकेको बताएका छन् । १८ वटा बस्तुको आयातामा गरिएको कडाई दीर्घकालिन नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्रा सञ्चिति र तरलतामा दबाब परेकोले अहिलेको अवस्थालाई व्यवस्थापा गर्न छोटो अवधिका लागि आयातमा कडाई गरिएको अधिकारीले बताए । अहिले कडाई गरिएका बस्तुको साइज ठुलो नभएकाले यसले मूल्य वृद्धिमा प्रभाव नपर्ने उनको दाबी छ ।

आयातमा कर्जा प्रवाह भएका कारण तरलता समस्या भएको उनले बताए । राष्ट्र बैंकले आयातमा कडाई गर्न बैंकहरुमा प्रतितपत्र (एलसी) खोल्दा आयातकर्ताले शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था लागू गरेको छ । कर्जा प्रवाह चार सय अर्ब रुपैयाँले वृद्धि हुँदा निक्षेप भने १ सय अर्ब रुपैयाँले मात्र वृद्धि भएको गभर्नर अधिकारीले जानकारी गराएका छन् ।

तरलता सहज बनाउन करिब सवा खर्ब रुपैयाँ पुनर्कर्जा सुविधा दिएको भन्दै केन्द्रीय बैंकले नियन्त्रण मात्रै गर्यो भनेर नबुझ्न पनि आग्रह गरेका छन् । साथै, दुई किस्ता गरेर थप ९२ अर्ब रुपैयाँ पुनर्कर्जा उपलब्ध गराउने गभर्नरले जानकारी गराएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*