स्मार्टपोस संचालनको लागि नबिल बैंकको दराज र आइमार्कसँग सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्मार्टपोसको संचालनको लागि दराज र आइमार्कसँग सम्झौता गरेको छ । बैंकले स्मार्टपोस मार्फत् डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा दराज तथा आइमार्कसँग त्रिपक्षीय सम्झौता गरेको हो ।
यस सम्झौतापश्चात अब दराज मार्फत किनमेल गर्ने ग्राहकहरूले नबिल स्मार्टपोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्नेछन् । दराजले चाँडैै नै १०० भन्दा बढी नबिल स्मार्टपोस मार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्नेछ ।
त्यस्तै, आइमार्कले बैंकलाई ४,००० भन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ, जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोन जस्तै हरेक अनुभवको लाभ प्रदान गर्र्नेछ ।
स्मार्टपोसको क्षेत्रमा यस्तो ठूलो प्राविधिक प्रगतिको लागि दराज र आइमार्कसंँग सहकार्य गर्न पाउँदा बैंकले खुशी व्यक्त गरेको छ । डिजिटल सेवामा नबिल स्मार्टपोस थप गरेसँगै बैंकले आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार समेत भएको छ ।
आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ । नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको हो ।