गुडविल फाइनान्सको लाभांश पाउन बुकक्लोजको मिति तय

७ पुष २०७८, बुधबार ११:०६

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) को मिति तय गरेको छ ।

कम्पनीको पुष ६ गते बसेको संचालक समितिको बैठकले पुष २९ गते होटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौं बिहान ११ः३० बजे बस्ने भनिएको २७ औं वार्षिक साधारण सभाको प्रयोजनका लागि पुष १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मु्नाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापूँजीको ९.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*