आरएमडीसी र उन्नती सहकार्य लघुवित्तले डाक्सो साधारण सभा, कसको कहिले हुँदैछ बुकक्लोज ?

७ पुष २०७८, बुधबार ०९:२४

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्था कम्पनीहरुले वार्षिक साधारण सभा आह्वान गरेको छ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सातौं र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले तेईसौं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

आरएमडीसी लघुवित्त
कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले सभा पुष ३० गते अमृतभोग, कालिकास्थान काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै सोही सभाले आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको अनूसूचीहरु छलफल गरी पारित गर्ने छ ।

त्यस्तै, आव २०७८।०८९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष १८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअुनसार पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

उन्नती सहकार्य लघुवित्त
उन्नती सहकार्य लघुवित्तको पुष ३ गते बसेको संचालक समितिको बैठकले कम्पनीको सातौं वािर्षक साधारण सभा पुष २८ गते होटल मौर्या, सि.नं.पा. १३ रुपन्देही भैरहवामा बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।

उक्त सभाले कम्पनीको संचालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापूँजीको ३० प्रतिशत बोनस शेयर पारित गर्नेछ ।

साथै बोनस शेयर वितरणपछि कायम सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ७८ लाख ४५ हजार रुपैयाँ बराबरको एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब सम्बन्धि वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष १४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र संचालक समितिले प्रस्ताव गरेको लाभांश पाउन योग्य मानिनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*