नेशनल लाइफको एक दशकको लाभांश इतिहास, ७२ प्रतिशतसम्म प्रतिफल

७ पुष २०७८, बुधबार १२:५४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर लगानीकर्ताहरुको रुचाईमा पर्ने गर्दछ । लगानीकर्तालाई उचित प्रतिफल दिनुको साथै कम्पनीको आर्थिक अवस्था पनि बलियो भएको कारण कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइन्छ । साथै नेशनल लाइफले विगतमा राम्रो प्रतिफल दिने गरेका कारण समेत सो बीमा कम्पनीको शेयर बजारमा दरिलो उपस्थिति दर्शाउँदै आएको छ ।

कारोबारको आधारमा १९ जीवन बीमा कम्पनीहमध्ये तेस्रो स्थान पर्ने कम्पनीले सुरूवातदेखि नै कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई औषतमा राम्रै प्रतिफल दिँदै आइरहेको लाभांश इतिहासको अध्ययनबाट स्पष्ट हुन आएको छ ।

कम्पनीको चुक्ता पूँजी तीन अर्ब ३९ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष ४४ अर्ब ८९ करोड रुपैयाँ रकम संचिती रहेको छ ।
विश्वको प्रमुख पुनर्बीमकहरु मध्ये एक रहेको हनोभर री, जर्मनीसंग नेशनल लाईफको पूनर्बीमा सम्झौता रहेको छ । यो पुनर्बीमा अत्यन्त सुरक्षित र भरपर्दो छ, जसवाट कम्पनीको बीमित र लगानीकर्ता बीमा सुरक्षा पर्याप्त र आफ्नो जरुरत अनुसार सुहाउँदो हुन सघाउ पु¥याएको छ ।

नेप्सेमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८१३ रूपैयाँ रहेको छ । कम्पनीको सेयरमा ९ वर्ष अगाडि १०० कित्ता सेयर किन्ने लगानीकर्ताहरूको सेयर संख्या कम्पनीले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेको बोनसले गर्दा अहिले बढेर ६ सय ८० कित्ता पुगेको छ ।कम्पनीको सेयरमा ९ वर्ष अघि १० हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताको पुँजी अहिले बढेर ८ लाख ६७ हजार रूपैयाँ पुगेको छ । नगद लाभांश बाट पनि लगानीकर्ताहरूले लगानीको दोब्बर आम्दानी गरिसकेका छन् ।

कम्पनीको नौ वटा आर्थिक वर्षको लाभांश इतिहास हेर्दा कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०६९/७० मा ७२.५ प्रतिशत लाभांश (५५ प्रतिशत बोनस र १७.५ प्रतिशत नगद) वितरण गरेको थियो भने सबैभन्दा थोरै आर्थिक वर्ष २०७५/७६ मा १०.५३ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद) वितरण गरेको थियो ।
हेरौं लाभांश इतिहास

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*