राष्ट्रिय वाणिज्य बैंकको २५७ औं शाखा रावाबेसीमा

६ पुष २०७८, मंगलवार १८:१८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप एक शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका १ हरमटामा २५७ औं शाखा कार्यालयको शुभारम्भ गरेको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले गरेका हुन । बिस्तारित शाखाबाट बैंकले दिदै आइरहेको सम्पूर्ण सेवा सुविधा प्रदान गर्न बैंकले जनाएको छ । थप एक शाखा बिस्तार गरेसँगै हाल देशभर २५७ वटा शाखा कार्यालय र २४१ वटा एटीएमबाट बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*