नेप्सेमा हरियाली छाउँदा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

६ पुष २०७८, मंगलवार १५:३१

काठमाडौं । नेपाली शेयर बजारमा आज उत्साह थपिएको छ । क्रमशः ओरालो लागेको नेप्से परिसूचक आज ५६ अंकले बढेतापनि कारोबार जम्मा २ अर्बमाथि सीमित हुन पुगेको छ ।

करिब ३।४ महिनाअघि १५ अर्बमाथिको कारोबार हुने शेयरबजारमा पछिल्लो केही दिनयता ४ अर्बमुनि कारोबार सीमित हुन पुगेको छ । आज २ अर्बमाथिको कारोबार हुँदा केही कम्पनीको शेयरमूल्य बढेको छ भने केही कम्पनीहरुको शेयरमूल्य उच्च अंकले घट्न पुगेको छ ।

आज नेप्सेमा सूचिकृत २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर किनबेच भएको छ । मंगलबार नेप्से ५६.७३ अकंले वृद्धि हुदाँ २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४६ रुपैयाँ माथिको कारोबार भएको हो ।

आज सर्वाधिक गुमाउने कम्पनीहरुमा गोर्र्खाज फाइनान्स रहेको छ । कम्पनीको शेयरमूल्य आज ८.८९ प्रतिशत अंकले घटेको हो ।
त्यस्तै, नबिल ब्यालेन्सड् फण्ड–२ को ३.५२ प्रतिशत, तेह्रथुम पावरको ३.२६ प्रतिशत, एनएमबि डिबेञ्चरको २.५० प्रतिशत, नबिल डिबेञ्चरको २ प्रतिशत र मैलुङ खोला जलविद्युतको १.९९ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*