दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

६ पुष २०७८, मंगलवार १५:२५

काठमाडौं । सातोको तेस्रो दिन नेप्सेमा सूचिकृत २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार माथिको कारोबार भएको छ ।

लगातार ओरालो लागेको शेयर बजारमा आज हरियाली छाउँदा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा ग्रीन डेभलपमेन्ट बैंक र जानकी फाइनान्स रहेको छ ।

त्यस्तै, अन्य सर्वाधिक कमाउने कम्पनीमा रसुवागढी हाइड्रोपावरको ९.२१ प्रतिशत, ग्रीनलाइफ हाइड्रोपावरको ८.२६ प्रतिशत, रिलाइन्स फाइनान्सको ७.९३ प्रतिशत, माउन्टेन इर्नजि नेपालको ७.३८ प्रतिशत, अन्खु खोला जलविद्युतको ७.०७ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको ६.९० प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*