एनआईबीएल एस क्यापिटलको अन्तक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

६ पुष २०७८, मंगलवार १४:१५

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले अन्तक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको उक्त क्यापिटलले नेपालगन्जमा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस ३ गते प्रदेशस्तरमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा लगानीकर्ताहरु उत्साहजनक सहभागिता रहेको क्यापिटलले जनाएको छ ।

कार्यक्रममा क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेखबहादुर थापा र कम्पनीको पदाधिकारीहरुले लगानीकर्ताहरुर्ला समस्त धितोपत्र बजार विभिन्न आयामहरुका बारेमा छलफल गरेको थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*