समता घरेलु लघुवित्तको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा ?

६ पुष २०७८, मंगलवार १४:११

काठमाडौं । समता घरेलु लघुवित्तको आठौं वार्षिक साधारण सभा भोलि (पुस ७ गते) बस्ने गरी बोलाएको छ । सभा मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाल्चोकमा बिहान ११ः३० बजे हुने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशतले हुन आउने ५ करोड ७१ लाख २० हजार १६० रुपैयाँ बराबरको बोनश शेयर जारि गर्ने प्रस्ताव पारित गर्नेछ ।
उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र लेखापरीक्षकको प्रतिवेदन सहितको बासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने जनाएको छ । साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव समते पारित गर्ने छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर २४ गते देखि पुष ७ गतेसम्म बुक क्लोज गरेको हुदाँ मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*