सुन तोलामा ८ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

६ पुष २०७८, मंगलवार ११:२९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन आज तोलामा ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*