आइसिएफसि फाइनान्सद्धारा बाह्य लेखापरीक्षक नियुक्त

६ पुष २०७८, मंगलवार ११:२५

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष ५ गते सम्पन्न अठारौं वार्षिक साधारण सभाले कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षकमा एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ । सोपश्चात चालु आवको लेखापरीक्षणसम्बन्धि सम्पूर्ण कार्य अब एसएआर एसोसिएट्सले गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*