कर्जा सूचना केन्द्रको साधारण सभा पुस २८ गते, लाभाशं पारित मुख्य एजेण्डा

६ पुष २०७८, मंगलवार ११:१६

काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडले १७औं वार्षिक साधारण सभा आह्वान गरको छ । कम्पनीले सभा पुस २८ गते होटल याक एण्ड यती, दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै उक्त सभाले संचालक समितिको निर्वाचन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोेधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*