इन्फिनिटी लघुवित्तको साधारण सभा पुष २७ गते, कहिले हुँदैछ बुकक्लोज ?

६ पुष २०७८, मंगलवार १०:४५

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैंठकले सभा पुष २७ गते होटल द नारायणी गैँडाकोट, नवलपरासीमा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।

साथै सोही बैठकले साधारण सभा प्रयोजनार्थ बुकक्लोजको मिति समेत तोकेको छ । कम्पनीले शेयर दाखिला खारेज (बुकक्लोज) पुष १५ गते गर्ने निर्णय गरेको छ । जसअनुसार सभामा उपस्थित हुन र कम्पनीको प्रस्तावित लाभांश पाउन पुष १४ गतेसम्म कायम हुनुपर्नेछ ।

कम्पनीको पाँचौ साधारण सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको चुक्तापूँजी ३२ करोड ४६ लाख रुपैयाँको २७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले गत आर्थिक वर्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७७।०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरण्हरु छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संचालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्न ४ जना संचालकहरुको निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

पुष १५ गते बुकक्लाजको मिति तय भएको कारण पुष १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन हकदारी हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*