सिभिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

६ पुष २०७८, मंगलवार १०:१९

काठमाडौं । सिभिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट हालको चुक्तापूँजी ८ अर्ब ६४ करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*