पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

६ पुष २०७८, मंगलवार १०:००

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धि कार्य गर्नको लागि प्रभु क्यापिट लिमिटेडलाई नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि दुई पक्षबीच सम्झौता भएको छ । सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङ्गले र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका हुन् ।

पुष ५ गतेदेखि लागू हुने गरी पोखरा फाइनान्सले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सम्झौतापश्चात अब शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पोखरा फाइनान्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*