स्वालम्बन लघुवित्तको शेयरमूल्य समायोजन
६ पुष २०७८, मंगलवार ०९:४०
काठमाडौं । नेप्सेमा स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १९ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
लघुवित्तको अघिल्लो दिन कायम १३१० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ११०० रुपैयाँ ८४ पैसा कायम गरेको छ ।