थप २२० जनामा कोरोना संक्रमित पुष्टि, २६३ जना संक्रमणमुक्त

५ पुष २०७८, सोमबार १७:१७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ७२५ जनामा पीसीआर परीक्षण गर्दा २१८ जनामा र १ हजार ४१६ जनामा एन्टिजेन परीक्षण गर्दा २ मा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै , सोमबार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार २२५ जना सक्रिय संक्रमितको मृत्यु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*