गुराँस लाइफका कर्मचारीले सिईओ विपिन कुमार लालको घाँटी समातेपछि …

५ पुष २०७८, सोमबार १७:२०

काठमाडौं । गैर कानुनी रुपमा कर्मचारी सरुवा तथा पदस्थापन गर्ने गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ विपिन कुमार लालको आफ्नै कर्मचारीहरुले घाँटी समातेका छन् । गत बुधबार भएको सो घटनापछि गत शुक्रबार सहमतिमा मेलमिलाप भएको छ ।

एलआईसी नेपालबाट आफूसँगै ११ जना कर्मचारी लिएर गएर विपिन कुमार लालले गुराँस लाइफ इन्स्योरेन्समा दशकभन्दा लामो समयदेखि काम गर्दै आएका कर्मचारीहरुलाई विभेदपूर्ण तरिकाले सरुवा गर्ने, पद घटुवा गर्ने कार्य गरेको झोंकमा गत बुधबार कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नै कर्मचारीहरुले घाँटी समेतका हुन् ।

एलआइसी नेपालबाट केही महिना अघि गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ बन्न पुगेको लालले क्षेत्रीय (प्रदेश) प्रमुखहरुलाई शाखामा सरुवा गरेका थिए । साथै उनले एक तह बढुवा गरी एलआईसी नेपालबाट लगेका कर्मचारीहरुलाई  माया गर्दै गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा बर्षौदेखि काम गर्दै आएका कर्मचारीहरुलाई हेप्ने र पेल्ने काम गर्दै आएका थिए ।

बुधबार गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा व्यवस्थापन पक्ष र कर्मचारीबीचमा वार्ता भएको थियो । सो वार्तामै कम्पनीमा लामो समयदेखि कार्यरत कर्मचारीहरुले सिईओ लालमाथि जाईलागेका हुन् । सो क्रममा उच्च पदमा कार्यरत केही कर्मचारीलाई मुक्का लागेर घाइते समेत भएको बताइएको छ ।

सिईओ लालले गुराँस लाइफका पुराना कर्मचारीमाथि अन्यायपूर्ण तरिकाले सरुवा गरेपछि कम्पनीका देशैभरिको शाखा कार्यालय बन्द गरेर कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । उनले सबैतिर एलआईसीबाट ल्याइएका कर्मचारीहरुलाई अघि सारेर पुराना कर्मचारीहरुलाई तनाव दिन थालेपछि झगडाले उग्र रुप लिएको थियो । कर्मचारीहरुले शाखा कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछि बाध्य भएर शुक्रबार व्यवस्थापन पक्षले सम्झौता गरेको खुलेको छ ।

शुक्रबार भएको सम्झौता अनुसार यसअघि क्षेत्रीय कार्यालय (प्रदेश) बाट शाखा कार्यालयमा सरुवा गरिएकाहरुलाई पुनर्बहाली गर्ने, कर्मचारीहरुमाथि विभेद नगर्ने शर्तमा हालका लागि कर्मचारीहरु काममा फर्केको जनाइएको छ । गुराँस लाइफका एक कर्मचारीले दिएको जानकारी अनुसार सिईओ लालले कर्मचारीहरुमाथिको विभेद अन्त्य नगरे आगामी दिनमा पुनः आन्दोलन गरिने बताए ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा भएको कुटाकुटको भिडियो एक ब्लाकमेलिङ गर्ने मिडियाको हातमा पुगेको र सो भिडियो बापत पाँच लाख रुपैयाँ माग गरिएको स्रोतको दावी छ ।

2 thoughts on “गुराँस लाइफका कर्मचारीले सिईओ विपिन कुमार लालको घाँटी समातेपछि …

  1. मनोज दास says:

    इन्सूरेन्समा सि इ को कै नाता पातालाइ जागिर खूलाउने थलो हो, स्टाफ लाइ घरमा लगेर घर को काम गराउछन भने कति ले त महिला स्टाफ माथि गिद्दे नजर लाउने सम्म गर्छन गरे

  2. बिपिन says:

    सहि हो कुरो।बिमा कम्पनी भित्र यस्तो निरंकुशता हुनु भनेको सि ई ओ भनाउदा एक पशु समान हो जस्को औकात एउटा नालिको किरा जति पनि होइन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*