प्रदेश नं. १ मा लोकसेवा आयोगले खुलायो २७३ पदसंख्या
५ पुष २०७८, सोमबार १४:५४
काठमाडौं । प्रदेश लोक सेवा आयोग प्रदेश नं. १ ले २७३ पदसंख्यामा रोजगारी खुलाएको छ । आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका अप्राविधिक तर्फका पदहरुको लागि रोजगारी खुलाएको हो ।
प्रदेश नं. १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवा तर्फका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका पदहरुमा आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परिक्षाद्धारा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो ।
इच्छुक व्यक्तिले पुष २५ गतेसम्म वा दोब्बर दस्तुर तिरेर माघ २ गतेसम्म आयोगको अनलाईन दरखास्त प्रणाली https://psconline.p1.gov.np/ मार्फत दरखास्त दिन सक्नेछन् ।