छिमेकी लघुवित्त सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

५ पुष २०७८, सोमबार १४:३९

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस ६ गते) अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न भोलि शेयर कायम गर्नुपर्ने हो ।

उक्त सभा प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्ने भएसँगै पुस ६ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । एनएमबि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले पुस पुस २२ गते २६औं वार्षिक साधारण सभा मार्फत पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले भने पुस ७ गते एक दिन मात्र बुक क्लोज गर्ने भएको हुदा पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

गणपति लघुवित्तले गत आर्थिक वर्षको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस १७ गते पाँचौ वार्षिक साधारण सभा आव्हान गरेको ।

छिमेक लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश पुस २३ गते २०औं वार्षिक साधारण सभा मार्फत पारित गराउने तयारी गरेको छ । कम्पनीले सभा प्रयोजनका लागि पुस ७ गतेदेखि सभा हुने दिनसम्मनै बुक क्लोज गर्ने भएको छ ।
बुक क्लोजको आधारमा तिन ओटै कम्पनीहरुको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पुस ६ गतेसम्मका शेयरधनीहरु मात्र योग्य हुनुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*