सिटिजन्स बैंकको ४ वटा प्रिभिलेज काउन्टर बिस्तार

५ पुष २०७८, सोमबार १४:३४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले थप ४ वटा प्रिभिलेज काउन्टर बिस्तार गरेको छ । ग्राहकलाई छिटोछरितो झन्झटमुक्त र विशिष्टीकृत सेवा दिने उद्देश्यले थप ४ स्थानमा प्रिभिलेज काउन्टरको शुभारम्भ गरेको हो ।

बैंकले लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को विराटनगर एवं बिर्तामोड शाखा र प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको हो । उक्त प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्न बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*